atmaपुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।

 

गीतामा भगवान् श्री कृष्ण स्वयमले आत्मा एक शरीर त्यागेर अर्को शरीरमा प्रवेश गर्छ भनेका छन् । जो सुकैको पनि मृत्यु भएपछि सो व्यक्तिको आत्मा फर्केर दोस्रो व्यक्तिको रूपमा आउँछ ।

 

महाभारतको एक कथामा भनिएको छ, भिष्मले श्रीकृष्ण सँग सोधेका छन्, आज म वाणहरूको बिच्छ्याउनामा सुतेको छु, आखिर मैले के पाप गरेको थिए जसको कारण यो सजाय भोगिरहेको छु ।

 

भगवान श्रीकृष्ण भन्छन्: तपाईलाई आफ्नो छ जन्मको कुरा याद छ तर सातौं जन्मको कुरा याद छैन । सातौं जन्ममा तपाईले एक नागलाई किलामा फ्याक्नु भएको थियो । भिष्मको रूपमा जन्म लिनु पूर्व उनका अरू कयौं जन्म भइसकेका थिए र उनलाई आफ्ना पूर्व जन्मका कुराहरू पनि याद छन् ।

 

महाभारतका एक प्रमुख पात्र शिखंडीलाई पनि उनका पुर्वजन्मका कुराहरू याद थिए । उनी पुर्वजन्ममा काशीकी राजकुमारी थिइन् । अघिल्लो जन्ममा भएको अपमानको बदला लिनको लागि यीनले शिखंडीको रूपमा जन्म लिएका थिए ।

ऋग्वेदको ऋक्संहितामा लेखिएको छ, महर्षी वामदेवले माताको गर्भमा नै आत्मज्ञान पाएका थिए जसबाट उनले कयौं जन्मका कुरा थाहा पाएका थिए । वेद र पुराणमा यस्ता कयौं कुरा लेखिएका छन, मृत्यु र पुर्नजन्म नै एक निश्चित सत्य हो । मानिस जन्मेपछि मर्छ र पुन अर्को रुप धारण गरिहाल्छ ।