Queen-Elizabeth२१ फागुन, एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्धितीयलाई आइतबार बेलुका अस्पताल भर्ना गरिएको छ । ८६ वर्षीय महारानी एलिजाबेथ द्धितीय पछील्लो १० वर्षपछी पहिलोपटक अस्पताल भर्ना भएकी हुन् ।
निकै स्वस्थ र कामप्रति उच्च लगाव भएकी महारानीका रूपमा परिचित उनलाई किङ्ग एडवार्ड आँठौ अस्पतालमा उपचारका लागी भर्ना गरिएको छ । ग्याष्टिकको समस्याका कारण उनलाई अस्पताल भर्ना गरिएको बकिङघम दरबारका प्रवक्ताले बताएका छन् । प्रवक्ताका अनुसार महारानीलाई पूर्व सतर्कताका लागी अस्पताल भर्ना गरिएको हो । उनलाई ठूलो समस्या देखिएका कारण अस्पताल नलगिएको बताउँदै उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।