ishani shrestha

भर्खरै मिस नेपालको ताज पहिरन सफल बन्न इशानी श्रेष्ठ तिनै युवती हुन जो केही समय अघि चलचित्रमा नायीका बन्न असफल रहेकी थिइन्, भन्दा पत्यार नलाग्न सक्दछ। इशानीले मिस नेपालमा प्रतिष्पर्धा गर्नु नेपाली चलचित्रहरुमा नायीकाको रुपमा काम गर्ने निकै कोशिस गरेकि थिइन्। उनले धेरै निर्माता,निर्देशकलाई पनि भेटेको बताइन्छ,तर कसैले पनि उनलाई पत्याएनन्। त्यही नपत्याकै कारण उनि मिस नेपालमा प्रतिष्पर्धा गर्न गइन र आज मिस नेपाल पनि बनिन्।
उनि ६ महिना अघि चलचित्रमा काम गर्नकै लागि निर्माता रोज राणा समक्ष पनि पुगेकी थिइन्। उनि कष्ट्यूम डिजाईनर मार्टिन खानको सहयोगबाट रोज राणासंग भेट्न पुगेकी थिइन्। तर रोजले पनि उनलाई स्क्रिप्ट अनुसार नभएको भन्दै रित्तो हात फर्काएका थिए। त्यसपछि निराश  हुँदै इशानी मिस नेपाल प्रतियोगतिमा भाग लिन पुगेकी थिइन्।
भाग्यमानी इसानी चलचित्रमा काम गर्न पाएको भए पक्कै पनि मिस नेपाल प्रतियोगितामा जाने थिइनन होला।भन्नै पर्ने हुन्छ- चलचित्रमा काम पाइनन् त्यसैले मिस नेपालको ताज पहिरन सफल भइन्।