shahrukh-khanबलिउडका बादशाह शाहरुख खान पनि चोर बन्दैछन्। उनि चोर बन्न लागेको रियल लाइफमा भने होइन्, उनि त चलचित्रको पर्दा अर्थात रिल लाइफमा चोरको भुमिकामा देखिन लागेका हुन्।

फराह खानले निर्देशनमा बनिरहेको चलचित्र ‘ह्याप्पी न्यु इयर’मा शाहरुख चोर बन्न लागेका हुन्।
रोमान्टिक चलचित्रका राजा मानिने शाहरुख पहिलो पटक चोरको भुमिकामा देखीन लागेका हुन्।

यसअघी नै ऋतिक रोशनले चलचित्र धूम- २ चोरको भुमिकामा देखीएका थिए। यसै गरि नायक अमिर पनि खान धुम- ३ मा चोरको रुपमा देखिन लागेका छन्।
धुम सिरिजको पहिलो चलचित्र धुममा पनि नायक जोन अब्राहम पनि चोरकै रुपमा देखीएका थिए।

आजकल बलिउडमा चलेका नायकहरु समेत नकारात्मक भुमिकामा देखीन पनि गाह्रो मान्दैनन्।

चलचित्रमा नायक अभिशेख बच्चन, सोनु सुद र बोमन इरानी पनि चोरकै रुपमा प्रस्तुत हुदैछन्। शाहरुख मगिहा नामक चोरको रुपमा पर्दामा देखिनेछन् ।