kuber pujaभगवान् शिवको बरदान पाएर देउवाका कोषाध्यक्ष बनेका भगवान् कुबेरको पूर्व जन्मको कहानी थाहा पाएर तपाईहामीलाई सबैलाई आश्चर्य लाग्नेछ ।

 

शिव पुराणमा बताइएअनुसार कुबेर महाराज पूर्व जन्ममा गुणनिधी नामका ब्राह्मण थिए । बालापनमा केही दिनसम्म यीनले धर्मशास्त्रको अध्ययन गरे, तर पछि कुसंगतमा लागेर जुवा खेल्न थाले । बिस्तारै-बिस्तारै चोरी समेत गर्न थाले र पैसाका लागि अन्य गलत काम पनि गर्न थाले ।

 

एकदिन उनका बाबुले उनलाई घरबाट नै निकालिदिए । घरबाट बाबुले निकालिदिएपछि झन् भट्किएर उनी एउटा वनमा पुगे । भोक र प्यासले गर्दा निकै खराब अवस्थामा पुगे । सोही समयमा उनले केही मानिसले खाने कुराहरू लगिरहेको देखे ।

 

खानेकुरा देखेपछि भोकाएका गुणनिधीको भोक झन् बढ्दै गयो । उनी ती मानिसहरूको पछि-पछि लागे । सोही क्रममा ती मानिसहरू शिव मन्दिरमा गएर पुजा गर्न थाले । सबै खानेकुरा भगवान् शिवलाई अर्पण गरे र भजन किर्तन गर्न थाले ।

 

गुणनिधीले मौका हेरेर भगवानलाई चढाएको खानेकुरा चोरी गर्नका लागि कुरेर बसे । रातमा जब सबै मानिहसरु गए तब उनले ती खानेकुरा चोरे । तर, एक व्यक्तिलाई गुणनिधीको खुट्टाले लागेपछि ती व्यक्तिले चोर-चोर भनेर कराउन थाले । यसरी चोर-चोर भनेर कराएपछि गुणनिधी आफ्नो ज्यान जोगाएर त्यहाँबाट भाग्ने प्रयास गरे तर, एक सिपाहीको तीरले लागेर उनको ज्यान गयो ।

 

तर, भगवान शिवको कृपाले अन्जानमा नै भएपनि शिवरात्रीको ब्रत गरेको फल प्राप्त भयो । यसको प्रभावले अघिल्लो जन्ममा गुणनिधी कलिङ्ग देशका राजा बने । उक्त जन्ममा गुणनिधी शिवका परम भक्त थिए । यसको पुण्यबाट भगवान् शिवले कुबेरलाई धनका स्वामी तथा देउवाको कोषाध्यक्ष बनाइदिएका थिए ।