hritik roshan and sujaineबलिउड नायक ऋतिक रोशन र सुजैन खानको सम्वन्ध अब समाप्त भइसकेको छ। उनिहरुले एक अर्काबाट छूट्टिने निर्णय गरिसकेका छन्। १७ वर्ष लामो सम्वन्धबाट पर जान लागेका कुरा केही हप्ता अघिमात्र ऋतिक रोशनले सार्वजनिक गरेका थिए।

 

उनिहरुका दुइ सन्तान पनि छन्।

 

हाल सुजैन दुइ छोराहरु लिएर अमेरिका गएकी छिन्। तर उनिहरुका बारेमा नयाँ समाचार आएको छ। त्यो हो सुजैनले बाँकी जिन्दगीको गुजाराको लागि ऋतिकसँग सय करोड भारु मागेकी छिन्।

 

स्रोतलाई उदधृत गर्दे भारतिय सञ्चारमाध्यमहरुले जनाए अनुसार सम्वन्ध बिच्छेदका लागि सुजैनले सय करोड मागेकी हुन्। सुजैनले आफूले जिन्गदीका महत्वपुर्ण वर्ष ऋतिक र उनको परिवारका लागि समर्पित गरेकाले सो रकम ठुलो नभएको बताएकी छिन्। यसका साथै उनले सो रकम बच्चाकोहरुको पालन पोषणका लागि पनि खर्च हुने बताएकी छिन्। हाल सुजैनले वकिलसंग कुरा गर्दै गरेको बताइएको छ ।

 

सुजैनले मागेको सय करोडको रकम रोशन परिवारको लागि ठुलो रकम भने होइन्। नायक ऋतिक रोशनसंग मात्रै १५ सय करोड भारुको सम्पती छ।