tense manभनिन्छ चिन्ता चिता समान हो तर कुनै काममा धेरै थोरै तनावमा रहनु पनि स्वास्थ्यको लागि लाभकारी नै मानिन्छ। मानिसहरु 

तनाव/चिन्ता लाई डरमर्दो खतरा मानेर आफ्नो तनाव बिनाकारण बढाउने गर्छन।

 

एक ताजा खोजमा तनावलाई हल्का रुपमा लिन व्यक्ति ४३ प्रतिशत बढी बाच्ने गरेका पनि उल्लेख छ। वास्तवमा स्वास्थ्यको सम्बन्ध तनाव भन्दा बढी तनावको सामना गर्ने तरीकाबाट हुन्छ।

तपाई पनि जान्नुहोस अलिअलि तनाव लिंदा पनि स्वास्थ्य लागि लाभकारी हुने तरिकाहरु। भर्खरै गरिएको खोजलाई आधार मान्ने हो भने थोरै तनाव लिंदा शरीरमा
कोर्टिकोस्टेरोन नामक स्ट्रेस हार्मोन बन्छ जसले मानिसको क्षमता बढाउन र नया कुरा सिक्नमा मद्दत गर्दछ।

 

सिमित मात्रामा तनाव हुँदा शरीरमा एंटीआक्सीडेंट्स बढ्छ जसको कारण डिएनए र आरएनए बचाउन मद्दत गर्दछ। तर अधिक मात्रामा तनाव भएमा सेलमा यसको
नकारात्मक प्रभाव पनि पर्न सक्छ।

 

थोरै तनावले शरीरको प्रतिरोधी क्षमता बढाउन सहयोग गर्दछ। यसले शरीरको प्रतिरोधी कोष/सेललाई अधिक सक्रिय बनाउछ जसले गर्दा कुनै संक्रमण भएमा सजिलोसँग लड्न सक्दछ।