purseहिन्दु धर्ममा ज्योतिष शास्त्रलाई महत्वपूर्ण स्थानमा राख्ने गरिन्छ । ज्योतिष शास्त्रका हिसाबले हामीमध्ये धेरैले काम गर्ने, हिड्ने पनि गर्छौ । ज्योतिष शास्त्रका अनुसार फरक-फरक राशीका मानिसहरूको अवस्था फरक-फरक रहने विश्वास गरिन्छ ।

 

ज्योतिष शास्त्रमा ग्रह तथा राशी अनुसार कसरी हिड्ने, कसरी जीवन सहज रूपले चल्छ भन्ने सम्मका कुराहरू गर्ने गरिन्छ । ग्रहको अशूभ प्रभावबाट बचेर सहज जीवनका लागि पनि ज्योतिष शास्त्रको मद्धत लिने गरिन्छ । ग्रहको अशुभ प्रभावलाई कम गरेर सकारात्मक फल प्राप्त गर्नका लागि हामीले प्रयोग गर्ने वस्तुहरू पनि विचार गरेर प्रयोग गर्नुपर्ने हुन्छ ।

 

हामीसँग भएका वस्तुहरुले पनि हाम्रो आर्थिक अवस्थालाई प्रभाव पार्छ । पैसा राख्नका लागि प्रयोग गरिने पर्सले पनि मानिसको आर्थिक अवस्थालाई असर गर्ने ज्योतिष शास्त्रमा बताइन्छ । यसका लागि पनि राशी अनुसारका पर्स प्रयोग गर्नु फाइदाजनक हुने बताइएको छ ।

थाहा पाऔ कुन राशीका मानिसले कस्तो पर्स राख्नु राम्रो हुन्छ…

 

मेषः यो राशीका मानिसहरूले रातो रंगको पर्स राख्नु राम्रो मानिन्छ । यो राशीका स्वामी मंगल हुन् र मंगलको प्रिय रंग रातो हो । रातो रंगको पर्स राख्दा यो राशीका ग्रह स्वामीको विषेश कृपा रहने ज्योतिषहरू बताउँछन् ।

 

वृषः वृष राशीको स्वामी शुक्र हुन् । यो राशीका मानिसहरुले सेतो या चम्किलो चाँदी रंगको पर्स राख्नु फाइदाजनक हुन्छ ।

 

मिथुनः यो राशीका मानिसका लागि हरियो रंगको पर्स विषेश फलदायक हुन्छ । मिथुन राशीको स्वामी बुध ग्रह हो र बुधको प्रिय रंग हरियो हो ।

 

कर्कटः योप राशीका स्वामी चन्द्र हो । चन्द्रको प्रिय रंग सेतो हो । अतः उनीहरूले सेतो रंगको या कुनै हल्का रंगको पर्स राख्नु राम्रो हुन्छ । आफ्नो फाइदाजनक हुन्छ ।

 

सिंहः सिंह राशीका स्वामी सूर्य हो । सू्र्य उर्जाको प्रतिक हो । यो ग्रहको प्रिय रंग रातो, पहेलो हो । सिंह राशीको मानिसहरूको लागि यी रंगमध्ये कुनै एक रंगको पर्स राख्नु लाभदायक हुन्छ ।

 

कन्याः कन्या राशीका स्वामी बुध ग्रह हो । यो ग्रहको प्रिय रंग हरियो हो । कन्या राशीका मानिसहरू हरियो या हरियो रंगको पर्स राख्नु राम्रो हुन्छ ।

 

तुलाः यो राशीका मानिसहरुले सेतो रमगको पर्स राख्नु राम्रो हुन्छ ।
वृश्चिकः वृश्चिक राशीका स्वामी मंगल हो । यो राशीका मानिसहरूले रातो रंगको पर्स राख्नु राम्रो हुन्छ ।

 

धनुः धनु राशीका स्वामी ग्रह वृहस्पति हो । देव गुरू वृहस्पतिको प्रिय रमग पहेलो हो । यी मानिसहरुले पहेलो रंगको पर्स राख्नु फाइदाजनक हुन्छ ।

 

मकरः मकर राशीका मानिसहरुका लागि निलो या कालो रंगको पर्स राख्नु राम्रो हुन्छ ।

 

कुम्भः जुन मानिसहरूको राशी कुम्भ हो, ती मानिसहरूले कालो या निलो रंगको पर्स राख्नु लाभदायक मानिन्छ ।

 

मीनः मीन राशीका स्वामी वृहस्पति हुन् । वृहस्पतिको प्रिय रंग पहेलो हो । यसकारण यी राशिका मानिसहरुलेर पहेलो रंगको पर्स राख्नु राम्रो हुन्छ ।