walkजाडोको समयमा आफूलाई फिट राख्नु चुनौतीको विषय बन्ने गर्छ। जाडो मौसममा तापक्रम कम हुने हुनाले प्राय रुघा खोकि र मन (ह्रदय) सँग सम्बन्धित अन्य समस्याहरु बढ्ने गर्दछन।तर थोरै सजकता अपनाउदा यस्तो मौसममा पनि स्वस्थ रहन सकिन्छ।

हाम्रो नजिकमा कयौं यस्ता चिजहरु हुने गर्छन जसलाई हामी दैनिक रुपमा सेवन त गर्छौं तर त्यसको गुणको बारेमा अन्जान रहन्छौं। यदि आफूले सही रुपमा आफ्नो बिरामीपन हटाउनु छ भने यस्तो प्रक्रिया अपनाउदा राम्रो हुन्छ। शरीर फिट राख्ने घरेलु उपचारहरु यस्ता छन।

खानामा नियमित रुपमा आधा कल्ली लसुन राख्ने गर्नाले चिसो कम लाग्ने गर्छ। जसले कोलस्ट्रोल कम गराई ह्रदयघात हुनबाट पनि बचाउन सकिन्छ।

 एक चम्चा बेसारमा आधा चम्चा कालो नुन मिलाएर तातोपानी सँग खाने गरेमा एसिडिटी हुनबाट बच्न सकिन्छ।

 एक महिनामा ५ – ६ पटक नुहाउने पानीमा ४, ५ थोपा कागतीको रस मिलाएर नुहाएमा स्कीन सफा तथा चम्किलो देखिन्छ।

 रातको समयमा छोडा लाई दुधमा भिजाएर हरेक बिहान खाएमा स्वास्थ्यको लागि लाभदायक मानिन्छ।

यसको सेवनले तपाईको शरीरमा सोडिएम कम हुनुको साथै पोटासियम बढ्छ। जसको कारण नर्भ सिस्टम सुचारु रहन्छ।