straight hairप्राय मनिसहरुको आफ्नो कपाल राम्रो बनाउने सोख हुन्छ  । कसैलाई लामो कपाल मन पर्छ भने कसैलाई छोटो र कसैलाई घुमेको कपाल मन पर्छ भने कसैलाई शिल्की परेको । यसैका शिलशिलामा प्राय महिलाहरु पार्लर धाईरहेका हुन्छन् ।
यसैका लागि कयौ खर्च गर्नु पर्छ  आउनुहोस् घुमेको कपाललाई सिधा बनाउने केहि  घरेलु उपाय जानौ ।

 

 

-दूध र महको प्रयोगः आधा कप दूधमा दुई चम्चा मह मिसाउने । अझै राम्रो बनाउन केरा पनि मिसाउन सकिन्छ । केरा दूध र महको लेप बनाएर कपालमा लगाउने ।  यसलाई आधा घण्टा सम्म राख्ने र पछि स्याम्पु लगाएर सफा गर्ने ।

 

-नरिवल र निम्बुको पेष्टः नरिवललाई पिसेर त्यसमा नरिवलकै दूध मिसाउने अनि कागती हालेर ब्रशले कपलाको रेशा रेशामा लगाउने ।  अनि १ घण्टा पनि चिसो पानीमा स्याम्पु लगाएर पखाल्ने । यसो गर्नाले पनि कपाल नरम र सिधा हुन्छ।

 

-तातो तेलले मालिस गर्नेः नियमित रुपमा नुहाउनु भन्दा केहि समय अगाडि तातो तेलले मालिस गर्ने ।  मलिस गर्ने बेलामा नरिवलको तेलमा ओलिभ वाईल मिसाउने ।  केहि बेर पछि तउलियालाई तातो पानीमा भिजाउने र केहि समयपनि तउलिया निचोरेर ४५ मिनट सम्म कपालमा बेरेर राख्ने ।  त्यस पछि स्याम्पु लगाएर पखाल्ने यसो गर्नाले कपाल सिल्कि र नरम हुन्छ ।  

 

-दूधको स्प्रेः दूधलाई एउटा स्प्रे बोतलमा राख्नुस अनि कपालमा स्प्रे गर्नुस । यसो गरेर आधा घण्टा सम्म राख्नुस र पखाल्नुस। यो बिधिले कपाल नरम,चिप्लो र चम्किलो हुन्छ।

-ओलिभ वाईल र अण्डाको प्रयोगः दूईवटा अण्डा फुटाएर फिट्नुहोस र त्यसमा ओलिभ वाईल मिसाउनुस । यस्तो मिक्सलाई कपालमा लगाउनुहोस् र  एक घण्टा पछि स्याम्पु लगाएर पखाल्नुस . । यसले कपाल नरम र शिल्की बनाउँछ ।