सामान्यतया मानिसहरु शुरुवातमा आफूले कसैलाई मनपराइ रहेको छु भन्ने चाल नै पाउँदैनन् ।  अधिकाँशको प्रेम शुरुमा एकतर्फी नै हुन्छ । एक तर्फी प्रेममा पर्नेहरुलाई प्रेम ब्यक्त गर्न सँधै समस्या पर्छ ।

love-couple-wallpaper

 

ज्योतिष शास्त्र अनुसार प्रेम शुक्र ग्रहका कारण हुन्छ । तर एकतर्फी र चुपचाप प्रेम भने राहुको कारण हुने मानिन्छ ।

जव मानिसले सामाजिक मर्यादा र बन्धनहरु तोडेर प्रेम गर्न थाल्छ यसको कारक राहु नै मानिन्छ ।

 

 

ज्योतिष शास्त्रीहरु राहुलाई मर्यादा उल्लङ्न गराउने र नियमविरुद्ध काम गराउने ग्रह मान्छन् ।

यसैकारण प्रेममा परेकहरुलाई सधै अन्यौल हुन्छ प्रेम अभिव्यक्त कसरी गर्ने भन्ने विषयमा । अधिकाँशले यो विषय मनमै दवाएर राख्ने गर्छन् ।

 

 

जव केतु नक्षत्रको अवस्था प्रवल हुन्छ त्यतिबेला भने मानिसले प्रेम अभिव्यक्त गर्न सक्छ । केतु शाहसिक कदम उठाउनका लागि कारक नक्षत्र मानिन्छ ।

 

प्रेमको सफलता पछि भने सबै भुमिका शुक्र ग्रहको हुन्छ ।