स्मार्टफोनका कम्पनीहरूको बीचमा क्यामेराको सर्वोच्चताको लागि कहिल्यै अन्त्य नहुने युद्धमा, एप्पल कम्पनीले विश्वकै उत्कृष्ट क्यामेराको क्षेत्रमा अग्रज हुने प्रोजेक्टको परियोजना बनाइरहेको छ।

एप्पलइन्साइडरको एक रिपोर्टका अनुसार, ट्रेडिङ कम्पनी ‘केजिआइ’का विश्लेषक ‘मिङ्ग-ची कुवो’ले लगानीकर्ताहरूको लागि एउटा नोट रिलिज गरेका छन्, जसमा एप्पलको नयाँ आउन लागेको सुपरसाइज ह्याण्डसेट ‘आइफोन-७प्लस’को बारेमा रोचक जानकारी समावेश गरिएको छ।iPhone-7plus's secret camera project revealed

गत वर्षको अप्रीलमा, एप्पल कम्पनीले क्यामेरा प्रविधिको कम्पनी ‘लिनएक्स कम्प्यूटेशनल इमेजिङ लिमिटेड’ (LinX Computational Imaging Ltd.) सँग २० मिलियन डलरको क्यामेरा प्रविधिको खरीद गरेको खबर आएको थियो। यस क्यामेरा प्रविधिले धेरै क्यामेराहरूलाई संयोजन गरेर एउटै उच्च गुणस्तरको (डिएसएलआरको गुणस्तर) तस्विर निकाल्न सक्दछ।

यसैगरी गत वर्षको जुनमा प्रकाशित भएको एक रिपोर्टका अनुसार, ‘एल्टेक कोर्प’का सिईओ ‘सियारु वेन’ले, “एप्पलले ३ वर्ष देखि डुअल-क्यामेरा प्रविधिको विकास गर्ने प्रयास गरिरहेको थियो तर प्राविधिक समस्याका कारण लिनएक्ससँग क्यामेरा प्रविधि खरीद गर्नुपरेको हो।”, भनेका थिए

एप्पलइन्साइडरको रिपोर्टका अनुसार, एप्पल कम्पनीले सो डुअल-क्यामेरा प्रविधिलाई नयाँ आइफोन-७प्लसमा राख्न तयार भएको कुवोले दाबी गरेका छन्। यस प्रविधिमा १२ मेगापिक्सेलको दुईवटा क्यामेरा हुनेछ, जसमध्ये एकमा ‘वाइड एङ्गल लेन्स’ हुनेछ भने अर्कोमा ‘३xटेलिफोटो लेन्स’ हुनेछ।

यस्तो कन्फिगरेसनको मद्दतले एउटा क्यामेराले धेरै क्षेत्रफलको दृश्यलाई कब्जा गर्न सक्छ भने अर्कोले टाढाको वस्तुलाई टेलिफोटो लेन्सको माध्यमबाट नजिक ल्याएर उच्च गुणस्तरमा तस्विर खिच्न सक्दछ।

यसरी डुअल-क्यामेराको प्रविधिलाई अँगाल्न खोज्ने कम्पनी एप्पल मात्रै होइन। यो भन्दा पहिले ‘एचटिसी’ र ‘अनर’ कम्पनीले पनि आफ्ना स्मार्टफोनहरूमा डुअल-क्यामेरा राखेका थिए। तर थुप्रै प्राविधिक गडबडीका कारण त्यसलाई हटाएर नयाँ मोडेलका फोनहरूमा एउटै मात्र क्यामेरा राख्नुपरेको थियो।

यो पनि हेर्नुहोस्-
एप्पलको नयाँ ४-इन्च फोनको नाम ‘आइफोन ५ एसइ’ राखिने
एप्पल विरुद्ध उत्रिए आईफोन प्रयोगकर्ता
सामसुङ विरुद्ध फेरी मुद्धा, एप्पलले गर्यो १८० मिलियनको माग
एप्पलको कुन ग्याजेटको कति मूल्य
आईफोन निर्माता एप्पलको मनै लोभ्याउने कार्यालय