झट्ट हेर्दा पेन्टिङ जस्तो लाग्ने यो तस्बिर नाशाले तयार पारेको सू्र्यको सतहको तस्बिर हो। यसले सूर्यको सतहमा भएको आश्चर्यजनक शक्ति अनि त्यहाँको डरलाग्दो अवस्थाको बारेमा जानकारी दिन्छ। सुर्यको सतहबाट बाहिर निस्किएका पदार्थहरु को कोरोनल लुप र सूर्यको चुम्बकिय शक्ति बिचको संघर्षको कारण पदार्थहरुको आकार यस्तो हुन गएको हो।

Sun - Coronal loops (4)

नाशाले यो तस्बिर सूर्यको सँगै सूर्यको चुम्बकिय क्षेत्र पनि दखिनेगरि तयार पारेको हो । (चुम्बकिय शक्ति तथा यसको क्षेत्र देख्न सकिदैन। अध्ययन गर्न सजिलो होस् भनि चुम्बकिय शक्तिलाइ बिभिन्न रंग प्रयोग गरि यो तस्बिर बनाइएको हो। पहेंलो रंग र निलो रंगले विपरित चुम्बकिय क्षेत्र जनाउँछ।)

के हो कोरोनल लुप?

Coronal loop

सूर्यको सतहमा सूर्यकै चुम्बकिय शक्तिले पदार्थहरुमा देखिने अनौठा आकारहरु नै कोरोनल लुप हो। दुवै छेउ तिर ‘म्याग्नेटिक फ्लक्स’, अनि धागो जस्तो गरि सूर्य को वायुमण्डलमा फैलिएको हुन्छ कोरोनल लुप। ‘सनस्टप’ संगै भेटिने यस्ता कोरोनल लुप ‘सोलार साइकल’ संग प्रत्यक्ष सम्बन्ध राख्छ।

के हो सोलार साइकल?

सोलार साइकल सुर्य तथा सूर्यको स्वाभावमा आउने क्रमबद्ध परिवर्तन हो। यसमा सूर्यबाट निस्कने सौर्य विकिरण देखि सूर्यमा भएका पदार्थहरुमा देखिने फेरबदल पर्दछ।

Solar Cycle variation

सूर्यमा देखिने सनस्पट, ज्वाला तथा अन्य बाह्य परिवर्तनबाट सोलार साइकलको अध्ययन गरिन्छ। यो निरन्तर हुने प्रक्रिया हो। सामान्यतया एउटा सोलार साइकल ११ वर्षमा पुरा हुन्छ। सौर्य साइकलले सूर्यको वरिपरिको अन्तरिक्षको मौषम देखि पृथ्वी लगाएतका ग्रहहरुको मौसममा पनि प्रत्यक्ष प्रभाव पार्दछ।

Sun - Coronal loops (2)

यी तस्बिरहरु नाशाको सोलार डाइनामिक्स अवजर्भेटोरीले सूर्यको ५ वर्ष अध्ययनको शिलशिलामा खिचेका हुन। सौर्य सहतमा देखिने यस्ता कोरोनल लुपहरु केहि दिनसम्म देखिने गर्छन्। यि लुपहरुको प्रकृति छिटो छिटो परिवर्तन हुने खालको हुन्छ।

हेर्नुहोस् नाशाले खिचेका केही तस्बिरहरु, जसमा सूर्यको सतहमा भएको गतिविधिहरु देख्न सकिन्छ।

Sun - Coronal loops (5) Sun - Coronal loops (3) Sun - Coronal loops (1)