१ साउन, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आईतवार अख्तियारले महानिर्देशक शर्मा, कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

विहीबार नै विशेष अदालतमा मुदर्ता गर्ने तयारी गरे पनि फाइल अध्ययन बाँकी रहेको भन्दै शुक्रबारलाई सरेको थियो तर शुक्रवार समय अभाव भएको भन्दै मुद्धा दर्ता हुन सकेन । व्यापारिक फर्मसँगको मिलेमतोमा कर फछ्र्योटमा १० अर्ब भन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले शर्मासहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।बिहीबार मुद्दा दर्ता गर्न अख्तियार टोली विशेष अदालत गए पनि फाइल रुजु गर्न समय अभाव भएपछि फर्किएको थियो ।

शर्मालाई गाडीमै राखेर अख्तियार टोली अपराह्न सवा ४ बजे अदालत पुगेको थियो । अख्तियारमा परेको उजुरीका विषयमा छानबिन भइरहेको थियो । झन्डै १७ सय निवेदनमध्ये आयोगले १ हजार ६९ फर्मको कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो । झन्डै ३० अर्ब ५२ करोड रुपैयाँबराबर मिनाहा दिइएको, जसका कारण मुलुकलाई गम्भीर क्षति पुगेको भन्दै किटानीसहित अख्तियारमा उजुरी परेको थियो ।शर्मा जेठ १८ मा पक्राउ पर्नुभएको थियो । अख्तियारले उक्त प्रकरणमा ठूलो चलखेलको आशंका गरेको छ ।