२६ माघ, काठमाडौँ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ‘रजत महोत्सव–२०७२’ का सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएकामा सरकारले बुधबार सार्वजनिक बिदा दिने, तीन दिनसम्म राष्ट्रिय झन्डा झुकाई शोक मनाउने र कुनै पनि सरकारी औपचारिक कार्यक्रम नगर्ने भन्ने निर्णयानुसार कार्यक्रम स्थगन गरिएको हो ।

आयोगले यही माघ २८ गते रजत महोत्सव मनाउने कार्यक्रम तय गरेको थियो । पूर्वप्रधानमन्त्री कोइरालाको निधनपछिको परिस्थितिलाई ख्याल गरेर सबै कार्यक्रम स्थगन गरिएको प्रवक्ता पुष्करले जानकारी दिए। रासस