१६ असार, ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका गणेश तोम्बाङ लिम्बू दुई हजार ३०० मत प्राप्त गरी विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का मङ्गलसिंङ केदेमले दुई हजार १८५ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा नेकपा (एमाले)का कल्पना तुम्बाहाम्फे दुई हजार ३३४ मत प्राप्त गरी विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वीमा माओवादी केन्द्र–काँग्रेस गठबन्धनका भीम केदेमले एक हजार ८१ मत प्राप्त गरे । रासस