१७ असोज, काठमाडौं । युवास्टार अनमोल केसीको चलचित्र ‘क्याप्टेन’ सार्वजनिक भएको छ । गतवर्ष हलमा प्रदर्शन भएको चलचित्रलाई शुक्रबार आइफिल्क्समा सार्वजनिक गरिएको हो । चलचित्रमा एक युवकले नेपाली टीमको कप्तान बन्दासम्मको कहानीलाई देखाइएको छ ।

दिवाकरको भट्टराईको लेखन तथा निर्देशनमा रहेको चलचित्रलाई अनमोलका पिता भुवन केसीले निर्माण गरेका हुन् । जिया केसीको कार्यकारी निर्माणमा बनेको चलचित्रको स्क्रिप्ट सल्लाहकारमा ब्रजेश खनाल, सागर खरेल र विज्ञान थापा रहेका छन् । चलचित्रमा अनमोलसँगै सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कालकारहरुको मुख्य भूमिका छ ।

चलचित्र यहाँबाट हेर्नुहोस् ।