नायक ‘अनमोल केसी’ र २०१२ की मिस नेपाल ‘सृष्टि श्रेष्ठ’को मूख्य भूमीका रहेको नेपाली कथानक चलचित्र ‘गाजलु’ २०७३ वैशाख २४ मा रिलिज हुने भएको छ।

४५ दिनमा सकिएको यो चलचित्रको सुटिङ काठमाडौँ लगायत भक्तपूर, ललितपूर, चितलाङ्ग, दामन र कुलेखानीमा यसको सुटिङ भएको हो। निर्माता ‘रोहित अधिकारी’ र ‘हेमराज बिसी’ निर्देशित चलचित्र ‘गाजलु’ले अधिकांश दर्शकहरूको मन जित्न सफल हुने चलचित्र निर्माणकर्ता आशा गर्छन।gajalu-shooting-shristi-shrestha-and-anmol-kc3

सृष्टि र अनमोल लगायत यस चलचित्रमा ‘गौरव पहाडी’, ‘ऋतिक शाही’ र ‘सलोन बस्नेत’को पनि मूख्य भूमीका रहेको छ। यो चलचित्रको कथा युवावस्थाको प्रेममा आधारित रहेको छ। ‘रोहित अधिकारी फिल्म्स’ र ‘बिसी मोसन’को ब्यानरमा निर्मित ‘गाजलु’को कथा निर्देशक हेमराज बिसीले लेखेका हुन्। हेमराजले पहिले पनि ‘होस्टेल’ र ‘जेरि’ जस्ता सुपरहिट चलचित्र बजारमा ल्याएका थिए।