१९ मंसिर, काठमाडौं ।

संविधान संसोधन प्रस्तावको विरोध गर्दै प्रतिपक्षी दल एमाले सहितका केही दलले गरिरहेको विरोधका कारण लगातार तेश्रो दिन पनि संसदमा चर्का चर्की र अवरुद्धको क्रमले निरन्तरता पाएको छ ।

मोर्चाको नयाँ मागः यी ३ जिल्ला टुक्राए बल्ल सहमति

अघिल्ला २ बैठक जस्तै आइतबार पनि संसदमा बोल्ने सांसदको बोलीले हंगामा गर्‍यो । विपक्षी दलको तर्फबाट भनाई राख्ने क्रममा नेमकिपा सांसद अनुराधा थापा मगरले नेपालमा भारतीय हस्तक्षेप बढेको र त्यसै अनुसार दुई राप्रपा एकीकरण भएको र एमाले फुटाउनका लागि पनि भारत सक्रिय रहेको भनेपछि राप्रपाका सांसदहरुले उठेर नियमापत्ति गरे ।

anuradha thapa

सांसद थापाको अभिव्यक्तिप्रति राप्रपाका सांसदहरुले नियमापत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले त्यो शब्द रेकर्डबाट हटाउन आदेश दिएकी छिन् ।

नेपाल द्वारा भारत ५ सून्यले पराजित

संसोधन प्रस्ताव दर्ता भएपछि यस अघिका २ बैठकमा पनि सांसदहरुले बोलेका कुराले हंगामा भएका थिए ।

अति भएपछि प्रचण्डले ओलीलाई दिए स्वीकार गर्न नसक्ने च्यालेञ्ज

पहिलो दिन बामदेव गौतमले अपमान गरेको भन्दै कांग्रेसका रामहरि खतिवडाले आपत्ति जनाएका थिए भने शुक्रबार सीपी मैनालीले प्रधानमन्त्रीलाई बौलाहा कुकुरले टोकेको भनेपछि हंगामा भएको थियो ।

एमालेका सांसद उठेर अवरोध जनाएपछि संसद बैठक बुधबार सम्मका लागि स्थगित भएको छ ।