विश्वकपको फाइनलमा पुग्न नसकेपनि पाकिस्तानसंगको क्रिकेट म्याच पश्चात विराट कोहली र नायिका अनुष्का बिच सम्बन्ध सुध्रिएको चर्चा चल्यो। यी दुई बिच फोन र म्यासेज आदानप्रदान पछि ब्रेकअप भएको सम्बन्धमा फेरी प्याचअप हुने संकेतको चर्चा चलेको थियो। यो माया प्रितीको कुरै यस्तो, विश्वकपको पिडा खेपेका विराटलाई अर्को पिडा थपिएको छ। अहिले विराट र आफ्नो प्याचअप हुन नसक्ने अनुष्का आफैले बताएको कुराले मिडियामा चर्चा पाएको छ।anushka birat 2371119

विराट माथी भरोसा गर्न नसकिने भन्दै अनुष्काले प्याचअप हुने सम्भावना नरहेको बताउँछिन्। फेरी दिल तोड्नसक्ने भन्दै अनुष्काले यसको लागि आफुसँग समय नभएको बताएकी छिन्।

अनुष्कालाई सामाजिक सञ्जालमा मजाक बनाएकोमा विराटले मजाक गर्नेलाई दह्रो जवाफ समेत दिदै आएका थिए। यसपछि यी दुई बिच प्याचअप हुने सम्भावनामा चर्चा भएको थियो। तर जसरी अनुष्काको बयान आयो, अब यो जोडी फेरी संगै हुनुमा निकै कम सम्भावना देखिन्छ। विवाहको कारणले आफ्नो करिअर बर्वाद नगर्ने सोच्न पुगेकी छिन् अनुष्का। आफ्नो करिअर महत्वपूर्ण भएको भन्दै विराटसंगको सम्बन्ध अगाडी बढाउने अनुष्काले चाहना देखाएकी छैनन्।

विवाहको चर्चा सम्म चलेको थियो यो जोडी बिच, पढ्नुस् पुरा: क्रिकेट खेलेले सुधार्यो क्रिकेटरको सम्बन्ध, विराट र अनुष्काको विवाहको चर्चा