एजेन्सी ।

भारतीय क्रिकेटर बिराट कोहोली र बलिउड अभिनेत्री अनुष्का शर्माको ब्रेकअपको खवरले यतिबेला बलिउड तातिएको छ । उनीहरुको ब्रेकअप किन भयो भन्ने विषयमा अनेक अडकलवाजी चलिरहेका छन् ।

यसैबीच भारतीय मिडियाले उनीहरुको ब्रेकअप हुनुको कारण विवाहको विषय नै भएको जनाएका छन् । भारतीय मिडियाका अनुसार अनुष्काले बिराटको प्रस्ताव अस्वीकार गरेपछि उनीहरुको ब्रेकअप भएको हो ।

बिराटसँग टाढिएपछि अनुष्काले सरलमान खानको फिल्म ‘सुल्तान’ को शुटिङमा समय दिइरहेकी छिन् ।

Virat Koholi Beak up 1

अनुष्काले आफूलाई अहिले बिवाह भन्दा करिअर प्यारो भएको भन्दै बिराटको प्रस्तावलाई ठाडै अस्वीकार गरेपछि बिराट र अनुष्काबीच झगडा परेको समाचारमा जनाइएको छ ।

Virat Koholi Beak up 2

एक महिना देखि बोलचाल नगरेका अनुष्का र बिराटले इन्स्टाग्राममा एक अर्कालाई अनफलो समेत गरेका छन् ।

मलाइकासँग ब्रेकअपको हल्लापछि अरवाज खानको जवाफ

सलमान खानका अर्का भाइको पनि ब्रेकअप हुँदै