कुशल श्रेष्ठ

सन् २०१६ मार्च १ मा, नासाका अन्तरीक्षयात्री ‘स्कट केली’ले अन्तरीक्षमा लगातार ३४० दिन बिताएर पृथ्वीमा फर्किए। उनले रेकर्ड कायम गरे। अझसम्म कुनै पनि अन्तरीक्षयात्रीले आफ्नो मिसनको लागि यसरी लामो समयसम्म अन्तरीक्षमा बिताएका थिएनन्।

‘स्कट केली’ एक प्रतिभाशाली फोटोग्राफर पनि हुन्। आफ्नो अन्तरीक्ष यात्राको क्रममा उनले पृथ्वीका सैयौँ फोटोहरू खिचेर सामाजिक सञ्जालमा सेयर गरेका छन्। रेकर्ड-कायम गरेको यात्राको अन्तिम दिनमा उनले हिमालय क्षेत्रको यो अस्पष्ट नीलो रङ्गको तस्विर पोस्ट गरेका थिए।Hazy blue scene of himalayas from space

“हिमालयले यो संसारको विशाल चित्रलाई स्पष्ट गराउँदछ।”, उनले ट्वीटरमा लेखे।

सगरमाथाको टुप्पो समुन्द्री सतहबाट करीब ८.८ किलोमिटरको उचाईमा रहेको छ। उनले यी तस्विरहरू खिच्दा समुन्द्री सतहबाट करीब २५० किलोमिटरको उचाईमा पृथ्वीको अक्षमा थिए। मिसनको क्रममा उनले त्यस्तै २३ करोड १४ लाख ९८ हजार ५ सय ४१ किलोमिटर जति यात्रा गरे।

स्कट केलीले पृथ्वीको अक्ष हुँदै अन्तरीक्षमा यात्रा गर्ने क्रममा हिमालय पर्वतहरूका यी तस्विरहरू खिचेका थिए, जसमा नेपालको मनास्लु हिमाल र अन्नपूर्ण हिमाल अनि पाकिस्तानको ‘काराकोराम’ हिमालय पर्वत रहेको छ।Annapurna and Manaslu from SpaceK2 from space

यो पनि हेर्नुहोस्-
चीनबाट सुरु हुन्छ प्रकृतिको कृति, हिमालय हुँदै बङ्गाल पुग्छ ‘ब्रह्मपुत्र’ नदी
चीनमा फेरी भयो अनौठो काम, सदाको लागि सडकमा विमान
मङ्गल ग्रहमा भएको रोबटलाई थ्रीडी चश्मा लगाएर नासाले यसरी गर्छ नियन्त्रण
पुराना यादलाई जीवित बनाउन नेशनल जियोग्राफिकका तस्विर सार्वजनिक