१६ चैत, काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानलाई लगाएको प्रतिबन्ध लम्ब्याएको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको आज बसेको बैठकले अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध आउँदो बैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।