२३ फागुन, काठमाडौं ।

सहमति जुटाउनतिर भन्दा पनि पनि पार्टी नेतृत्वमा रहेकाहरुले बन्द सत्र सुरु हुनु अघि नै उम्मेदवारी घोषणा गरेर चुनावको लागि उम्मेदवारी दर्ता गराए । दुई गुट रहेको कांग्रेसमा खुल्मखुल्ला नै तीन गुट देखियो ।

कार्यवहाक सभापति रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटौला मैदानमा उत्रिएका छन् । सभापति छान्नको लागि मतदान प्रक्रिया सुरु भइरहेको छ ।

congress mahaadhivesan election day 102515013

मतदातालाई आफ्नो पक्षमा पार्नको लागि सभापतिका उम्मेदवारहरु आफ्नो प्यानलाई नै जिताउन भोट माग्ने कार्यमा व्यस्त रहेका छन् । तीनै जनाले एक पटक काम गर्ने अवसर दिनु पर्‍यो भन्दै मतदातासंग मत मागिरहेका छन् ।

कांग्रेसको विधान अनुसार सभापतिमा चयन हुनको लागि एकाउन्न प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । तर संस्थापन पक्षमा पौडेल र सिटौला भिडदा मत बाडिने भएकाले पहिलो निर्वाचनमा नै परिणाम नआउने देखिएको छ ।

गुटगत ‘गोप्य सूची’ ले मतदानस्थलमै बबण्डर

जसको कारणले गर्दा पुनः दोहोर्‍याएर मतदान गर्नुपर्ने हुन्छ । स्पष्ट मत आउने÷नआउने आशंकाले देश र प्रभावसबाट मतदानका लागि आएको तीन हजार १ सय ८६ जना महाधिवेशन प्रतिनिधि अन्यौलमा परेका छन् ।

बाबु र पतिको भिडन्तले धर्म संकटः गगन पत्नि अञ्जनाको भावुक स्ट्याटस

मतदान पुनः गर्नु पर्ने सम्भावनाका कारण प्रतिनिधीहरु जिल्ला फर्किने कि नफर्किने भन्ने अन्यौल पैदा भएको छ ।