२५ भदौ, काठमाडौं।

हरेक वर्ष जस्तै यस वर्ष पनि नेपाल स्कुल अफ सोसल वर्कको स्थापना दिवस बिहिबारका दिन विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो। कार्यक्रममा प्रमुख वक्ताका रुपमा महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल र २०११ सिएनएन हिरो तथा शक्ति समुहकी चरीमाया तामाङको उपस्थिति रहेको थियो।

Nepal school of social work NSSW foundation day (1)गरिब परिवारमा जन्मेकी चरीमाया आफ्नो बाबुको निधन पनि १६ वर्षको उमेरमा भारतमा बेचिएकी थिइन। सन् १९९६ मा उनी सहित २०० नेपाली चेलीलाइ भारत सरकारले उद्धार गर्यो। सन् २००० मा उनी सहित १५ जना मिलेर चेलीबेटी बेचबिखन विरुद्ध काम गर्न शक्ति समुहको स्थापना भयो। सन् २००७मा राष्ट्रिय सम्मानले समेत सम्मानित चरीमायाले सामाजिक कार्यको क्षेत्रमा दृढ भएर लागे गर्न नसकिने केही नरहेको बताइन। उनले समाज परिवर्तन गर्न लागिपरेका युवाहरुलाई हिम्मत नहारी अघि बढ्ने सुझाव पनि दिएकी थिइन।

Nepal school of social work NSSW foundation day (4)कार्यक्रममा बोल्दै अर्का प्रमुख बक्ता एसएसपी सर्वेन्द्र खनालले अपराधमा लागेका युवाहरुलाई सहि बाटोमा ल्याउनको लागि नेपाल प्रहरीले विभिन्न कार्यक्रमहरु चरणबद्धरुपमा सञ्चालन गरिरहेको र यसको लागि समाज कार्य तथा मनोविज्ञानमा दक्षता हासिल गरेका विज्ञहरुको साथ आवश्यक भएको बताए। साथै उनले नेपाल स्कुल अफ सोसल वर्कको पहलमा प्रहरीलाइ मनोविज्ञान सम्बन्धि विभिन्न तालिमहरु प्रदान गरेको सहयोग प्रति धन्यवाद दिएका थिए। केही समय अघि मात्र गुण्डा घैँटेको इन्काउन्टर काण्डबाट चर्चित बनेका खनालले देश विकासको लागि युवाहरुको साथ अपर्रिहार्य रहेको बताए। Nepal school of social work NSSW foundation day (2)

कार्यक्रममा नेपाल स्कुल अफ सोसल वर्कका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुतु गरेका थिए।

Nepal school of social work NSSW foundation day (3) Nepal school of social work NSSW foundation day (5)