२६ मंसिर, काठमाडौं।

नेपालका जारी गतिरोध अहिलेसम्म सकिने छाँटकाँट देखिइसकेको छैन्। समय समयमा देश राजनीति समाधान तिर गएको जस्तो हुन्छ फेरी भड्किन्छ। केही समय खिचातानी पछि फेरी सहमति बन्ला बन्ला जस्तो हुन्छ। केही समयपछी फेरी उस्तै चक्र। केही समय यता आमनेपालीले देखेको र भोगेको ठ्याक्कै यही हो। यही उतारचढावमा आशा गरेकाहरुबाट अपेक्षाकृत नतिजा हासिल हुँदैन् तब फेरी नयाँ व्यक्तिको चर्चा र परिचर्चा शुरु हुन थाल्छ।
Kamal-Thapa and Kp oli

वर्तमान प्रधानमन्त्री केपी ओलीको हकमा पनि यहि लागु हुन्छ। ओली जब प्रधानमन्त्री भए उनबाट धेरै अपेक्षा गरिएको थियो। राष्ट्रवादको घोडामा सवार ओली आफैले धेरै अपेक्षा बढाएका थिए। भारततर्फबाट लागेको अघोषित नाकाबन्दीका बीच काम गर्नु कम चुनौतीपुर्ण थिएन । तर उनले चुनौती पार नगर्ने खतरा बढेर गएको जानकार बताउँछन् । धेरैको अपेक्षा उनले चुनौती पार गरेर देशलाई निकास दिउन नै भन्ने छ।

Prachanda smileeजब नैराश्यता बढ्दै जान्छ त्यतिखेर प्रधानमन्त्रीका नयाँ पात्रको खोजी हुने गरेको छ नेपाली राजनीतिमा। ओलीपछि को प्रधानमन्त्री हुने भन्ने चर्चा त केही समय अघि नै शुरु भइसकेको छ। नयाँ प्रधानमन्त्रीको पात्रका रुपमा सबै भन्दा बढि चर्चा एमाओवादी अध्यक्ष प्रचण्डको हुने गरेको छ। केही पार्टी केन्द्रित पत्रपत्रिकाले ओली पछि उनिनै प्रधानमन्त्रि हुने भनेर समेत छापिसकेका छन्।
एकै रातमा अग्राख पलाउने नेपाली राजनीतिमा भोली के होला यसै भन्न भने सकिन्न।

भारतीय नेताहरुसँग सम्झौता गर्ने कल्पना पनि गर्न सक्दिन- कमल थापा

तर केही समय यता आगामी प्रधानमन्त्रीका रुपमा चर्चा गरिने व्यक्तिमा वर्तमान ओली सरकारकै एक उपप्रधान तथा पररा्ष्ट्रमन्त्रि कमल थापा पनि परेका छन्। यतिखेर भारतसंग ‘डिल’ गर्न सबै भन्दा बढि खटेर थापा नै लागेका छन् ।उनको पछिल्लो भारत भ्रमण त नेपाल भारतबीच जारी गतिरोधमा आइसब्रेक गर्ने स्तरकै भएको चर्चा समेत सुनिन्छ। तर थापाको भारत भ्रमण प्रधानमन्त्री ओलीलाई प्रतिनिधित्व गर्न मात्र सिमित नभएको प्रस्टै छ।

राजतन्त्र र हिन्दु राष्ट्रको भविष्य समयले निर्धारण गर्छ- कमल थापा

थापाले आफ्ना भारत भ्रमणलाई आफ्ना भुमिका विस्तार र सम्बन्ध बनाउन समेत प्रयोग गरेका छन् । उनको पछिल्लो भ्रमण त व्यक्तिगत स्तरबाट शुरु भएर आधिकारिक रुपमा सकिएको थियो । उनले आफ्नै व्यक्ति सम्पर्क प्रयोग गरेर यसपटक दिल्ली भ्रमणमा केही हासिल गरेको भन्ने विश्लेषण राजनैतिक वृतमा सुनिएको छ।

ओली अपेक्षाकृत काम गर्न नसकी दबाबमा पर्दै जाँदा थापा सतहबाट हेर्दा क्रमश हावी हुँदै गएको देखिएको छ। यही पृष्ठभुमिलाई जोडेर नै होला सायद राजनीति वृतमा कमल थापालाई भावी प्रधानमन्त्रीको रुपमा प्रोजेक्ट गर्नेहरुको संख्या बढ्न थालेको छ।

हिन्दुवादी धारका कारण भारतीय जनता पार्टीबाट समेत सहानुभुति प्राप्त हुने ठानी यस्तो भविष्यवाणी गरिएको प्रस्टै छ। तर उनलाई प्रधानमन्त्री हुने समिकरण बन्ने भने तत्काल कुनै संभावना देखिएको छैन्। चर्चामै सहि उनलाई प्रधानमन्त्रीको संभावित व्यक्तिका रुपमा भने हेर्न थालिएको छ।
ओली पछिका प्रधानमन्त्रीका चर्चामा प्रचण्ड शीर्ष स्थानमा रहेका छन्। कांग्रेसबाट स्पष्ट तस्विर नदेखीएका कारण पनि कमल थापाको चर्चा बढेको हो।

यो पनि पढ्नुस्।

बुझि नसक्नु भारतीय रणनीति र गुजुल्टिएको नेपाली राजनीति !