बलिउड सुपरस्टार अमिताभ बच्चनको नयाँ चलचित्र ‘टि.इ.३एन’ को लागि गत बुधबार कोलकतामा भैरहेको सुटिङ्गमा उनी घाइते भएका थिए। उपचारपछि उनले आफ्ना शुभचिन्तकहरूलाई आफ्नो स्वास्थ्य स्थितीको बारेमा जानकारी गराउन ट्वीटरमा एउटा करङ भाँच्चिएको र सञ्चो हुन समय लाग्ने ट्ववीट गरेका छन्।amitabh twitter post 1

तथापी, उनले ‘कुनै चिन्ता छैन’ भनेका छन् र आइतबारदेखि कोलकतामा सुटिङ्ग सुचारु गर्ने कुरा पनि उल्लेख गरेका छन्।amitabh twitter post 2

‘रिभु दशगुप्ता’को निर्देशन र ‘सुजोय घोस’को निर्माणमा बन्न लागेको अमिताभको ‘टि.इ.३एन’ चलचित्रमा नवजुद्दीन सिद्दिकी र विद्या वालनले पनि अभिनय गर्नेछन्।

अमिताभ घाइते भएको यो पहिलो चोटी होइन। यसअघि सन् १९८२मा ‘मनमोहन देसाइ’को ‘कुली’ चलचित्रमा एक द्वन्दको दृश्यको लागि सुटिङ्ग गर्दा उनी गम्भीर घाइते भएका थिए। घाइते हुँदा उनको शरीरबाट धेरै रगत बगेको थियो र उनलाई करीब २०० जना रक्तदाताहरूबाट ६० बोत्तल रगत चढाइएको थियो।amitabh accident in coolie

दुर्भाग्यवश, ती २०० जना मध्येमा एकजनालाई हेपाटाइटिस-बी लागेको रहेछ। त्यसपछि उनी सन् २००० सम्म स्वस्थ नै थिए र उक्त दुर्घटनाको करीब १८ वर्ष पछि साधारण मेडिकल जाँचको बेला उनको कलेजो खराब भएको छ भन्ने कुरा पत्ता लागेको थियो। २०१५ डिसेम्बर १० को दिन उनले आफ्नो स्वास्थ्य स्थितिको बारेमा जानकारी दिने क्रममा यस्तो रहस्य खुलाएका थिए। साथै उनले अझसम्म केवल २५ प्रतिशत कलेजोले मात्रा जिउँदो रहेको कुरा पनि बताएका थिए।

यो पनि हेर्नुहोस्-
अमिताभ चाहन्छन् नातिनीलाई शाहरुखको छोरा
अमिताभ बच्चनले भने: मेरो १ चौथाइ कलेजोले मात्र काम गरेको रहेछ
सलमान र अमिताभ संसारकै धनी कलाकारको टपटेन सूचीमा, शाहरुख खान परेनन्
बलिउड स्क्रीन अवार्ड २०१६- बिजेताको पूर्ण सूची