बलिउडका सर्वाधिक सफल नायक अमिताभ बच्चनले आफ्नो स्वास्थ्यको बारेमा ठुलो खबर सार्वजनिक गरेका छन्। हेपटाइटिस-बीको मिडिया कार्यक्रममा बोल्दै उनले आफ्नो ७५ प्रतिशत कलेजोले काम नगर्ने खुलासा गरेका हुन। उनी २५ प्रतिशत कलेजोको भरमा मात्र बाँचेको उनले सो कार्यक्रममा बताए।

Amitabh-Bachchan

हेपटाइटिस बीको कारण उनको कलेकोको ७५ प्रतिशत भाग काम नलाग्ने भएको थियो। रगत हाल्ने क्रममा हेपटाइटिस बी भएको रगत पर्न जाँदा उनीमा पनि हेपटाइटिस बी सरेको थियो।

सन् २००० सम्म उनलाई कलेजोको सो अवस्था थाहा थिएन। नियमित चेकजाँच गर्ने क्रममा उनले कलेजोको २५ प्रतिशतले मात्र काम गर्दै आएको थाहा पाएका थिए।

कलेजोको १२ प्रतिशतले मात्र काम गर्दा पनि मानिस बाँच्न सक्छ। हेपटाइटिस बी कलेजो को ठुलो शत्रु हो। त्यस्तै अत्याधिक रक्सी सेवनले पनि कलेजोलाई डरलाग्दो असर पुर्याउँछ।

यो पनि पढनुस्।

गेम अफ थ्रोन्सको नयाँ पोस्टर सार्वजनिक, जोन स्नो जिउँदै!