एजेन्सी ।  हलिउड तथा बलिउड फिल्म टलिउड, कलिउड फिल्म कम्पनीहरुले कपि गर्ने प्रचलन विगत देखिनै चल्दै आएको छ । तर बलिउड फिल्म प्रदर्शनमा समेत रोक लगाउने पाकिस्तानले पछिल्लो पटक रिलीज भएको अमिर खानको फिल्म दंगल जस्ताको त्यस्तै कपि गरेको छ ।

अमिर खान अभिनित यो फिल्म हरियानाका एक पहलमान महाविर फोगट तथा उनकी ओलम्पिक विजेता छोरीको वास्तविक संघर्षमा आधारित कथा हो । यस फिल्मले प्रदर्शनको समयमा ६ करोड भन्दा बढि कमाएको थियो । पाकिस्तान र भारतविचको नराम्रो सम्बन्धका कारण फिल्म पाकिस्तानमा रिलिज हुन सकेको थिएन ।

फिल्म दंगल प्रति सबैको क्रेज देखेर लाहुरका एक नाटककारले सोहि फिल्ममा आधारित नाटकको स्क्रिप्ट तयार पारि पाकिस्तानमा रिलीज गरेका छन् । महाविर सिंह फोगाटको भुमिका चर्चित पाकिस्तानी कलाकार नसीम विक्कीले निभाएका छन् । यस फिल्मको स्क्रिप्ट उर्दुमा लेखिएको छ भने अमिर खानको दंगलको स्टाइल जस्ताको त्यस्तै कपि गरिएको छ ।

यसअघि पनि पाकिस्तानको लाहुरमा भारतिय फिल्म पिके, देवदास, तेरे नाम कथामा आधारित नाटक तयार पारिएको थियो । तर दंगलमा भने कथासहित, कथाका पात्रसमेत जस्ताको त्यस्तै कपि गरेका छन् । यो नाटक पाकिस्तानी दर्शकले एकदमै रुचाएको बताइएको छ ।