एजेन्सी । अमरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ रणनीतिको असर देखिन सुरु भएको छ । भारतीय मूलकी एक अमेरिकी महिला अरबिन्दा पिलालामारीलाई एक प्रहरी अधिकृतले सोधपुछ गरेका छन् ।

मर्निङवाक हिँडिरहेकी उनलाई रोकेर ति अधिकृतले सोधे, ‘कतै तपाई अमेरिकामा अवैध तरिकाले बसिरहनुभएको त छैन ?’उनी आफ्नो घर नजिकै पुग्न लाग्द ति अधिकृतले रोकेर सोधपुछ गरेका थिए । तपाइ के गर्नुहुन्छ ? लगायत अन्य थुप्रै प्रश्न सोधेपछि अरबिन्दाले प्रतिप्रश्न गरिन्, मलाई किन यति धेरै प्रश्न सोध्दै हुनुहुन्छ ?

उनले अझ थपिन, मेरो जस्तो रंग भएको मानिसले मर्निङ वाक गर्न अनुमति छैन र ? ति अफिसरले प्रहरीले फोन गरेकाले आफू सोधपुछका लागि आएको बताए । ३० बर्षदेखि अमेरिकामा निरन्तर बस्दै आएकी ४७ बर्षीया अरबिन्दा भारतमा जन्मिएर सानै उमेरमा आमाबुबा सँग अमेरिका गएकी हुन् ।