२१ फागुन, एजेन्सी।
अमेरिकामा भारतीय इन्जिनियरको हत्याको १० दिन पश्चात भारतीय व्यवसायीलाई गोली हानी हत्या गरिएको खबर छ। अमेरिकामा भारतीय व्यवसायी ४३ वर्षिय हर्निश पटेलको शव उनको घरअगाडी आँगनमा भेटिएको हो।

अमेरिकाको क्यारोलिनामा स्टोर सञ्चानल गर्दै आएका पटेल स्टोरबाट एक मिनिभ्यानमा निस्केका थिए। केही समय पछि शव उनको घर अगाडी भेटिएको थियो। घरमा आक्रमणकारीसंग संघर्षका संकेतहरु भेटिएको प्रहरीले बताएको छ। घर उनको स्टोरबाट करिब ६ किलोमिटर टाढा छ।

गोली चलेको र एक महिला चिच्च्याएको आवाजको गुनासो आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

२२ फ्रेब्रुअरीमा अमेरिकाको केन्सासमा एक भारतीय इन्जिनियरलाई अमेरिकीले गोली हानी हत्या गरेका थिए।