एजेन्सी । मेक्सिकोसँगको सिमामा निर्माण गरिने भनिएको पर्खालको खर्च जुटाउन मेक्सिकन सामाग्री आयातमा कर लगाउने निर्णय गरेको अमेरिकालाई मेक्सिकोले उस्तै जवाफ दिने चेतावनी दिएको छ ।

विदेशमन्त्री लुईस भिदेगारेले सरकारले अमेरिकी राज्यहरुबाट मेक्सिकोमा पठाउने निश्चित सामाग्रीमा कर लगाउने बताएका हुन् ।

एक रेडियो अन्तवार्तामा विदेशमन्त्री भिदेगारेले आफूहरु खुला व्यापारमा विश्वास गर्ने भएपनि अमेरिकाले कर लगाए आफुहरुले पनि जवाफ दिनुपर्ने स्पष्ट पारेको बिबिसीले समाचार लेखेको छ ।

विदेशमन्त्रीले भने, ‘हामी हात बाँधेर बस्न सक्दैनौं, अमेरिकी निर्णयलाई हामीले वास्तविक रुपमा बुभ्छौं ।’

मेक्सिकोले अमेरिकाका टेक्सस, विस्कनसिन र आयोवाबाट मेक्सिकोमा निर्यात हुने सामानमा जवाफी कर लगाउन सक्ने बिबिसीले समाचारमा उल्लेख गरेको छ ।