१ वैशाख, एजेन्सी।

अफगानिस्तानमा इस्लामिक स्टेटको गढमा अमेरिकाले ९,५०० किलो तौलको आफ्नो सबैभन्दा ठूलो बम खसालेको छ। म्यासिभ अर्डिनान्स एअर ब्लास्ट नामक यो बमलाई अमेरिकी सेनाले ‘मदर अफ अल बम्बस्’ ( Mother of All Bombs (MOAB) सबै बमको आमा) उपनाम दिएका छन्। तर रुससंग यो भन्दा ठूलो बम छ।

रुससंग फादर अफ अल बम्बस् (Father of All Bombs (FOAB) सबै बमको पिता) उपनामको बम अमेरिकाको भन्दा ४ गुणा ठूलो छ। रुसको यो थर्मोब्यारीक बम विस्फोट हुँदा करिब ४४ टन टिएनटी बराबरको उर्जा निस्कन्छ र सबै दिशामा १००० फिटको इलाका ध्वस्त पार्न सक्छ।

थर्मोब्यारीक हतियार प्रचलित अन्य बम भन्दा भिन्न हुन्छ। यस्तो बम विस्फोट हुँदा वायुमण्डको अक्सिजनसंग मिल्छ फलस्वरुम ‘ब्लास्ट रेडियस’ बढ्न जान्छ।

यो पढ्नुस् : भिडियोमा हेर्नुस्: अमेरिकाले अफगानिस्तानमा खसालेको सबैभन्दा ठूलो बम
हिरोसिमामा खसालिएको बम भन्दा गह्रौ अमेरिकको सबैभन्दा ठूलो बम कति शक्तिशाली ?

सन् २००७ मा रुसले बनाएको यो बम हावामै विस्फोट हुन्छ, इन्धन र हावा मिश्रणले ठूलो आगोको लप्का निस्कन्छ। यसको ‘ब्लास्ट रेडियस’ भित्र पर्ने सबैकुरा तत्कालै खरानी बनाउन सक्छ साथै सानो परमाणु बम विस्फोट गराएझै यसले शक्तिशाली पराकम्प उत्पन्न गराउँछ। हेर्नुस् भिडियो: