एजेन्सी । विश्वका दुई विशाल अर्थतनत्र भएका मुलुकहरु चीन र अमेरिकाबीच जारी ब्यापार युद्ध अन्त्यका लागि वार्ता हुने भएको छ ।

तर यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोलीले माहौल तताएका छन् । ट्रम्पले चीनमाथि २ सय अर्ब डलर मूल्यको सामाग्रीमा कर बढाउने चेतावनी दिएका छन् । यसविरुद्ध चीनले जवाफी कारवाहीको धम्की दिएको छ । यदि अमेरिकी राष्ट्रपतिले कर ढाएरमा चीनले यसको प्रतिवाद गर्ने स्पष्ट पारेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

ब्यापारिक गतिरोध अन्त्यका लागि स्थानीय समय अनुसार ९ र १० मे मा वार्ताको तयारी गरिएको छ । चीनका उपप्रधानमन्त्री लिउको नेतृत्वका एक प्रतिनिधिमण्डल वार्ताका लागि अमेरिका पुगिसकेको छ । तर वार्ता अघि नै अमेरिकाले यसअघि भएको पछिल्लो सहमतिबाट चीन पछि हटिरहेको आरोप लगाएको छ ।