काठमाडौं, ७ जेठ । नेपाल र अमेरिकाबीच पोखरामा भइरहेको संयुक्त सैन्य अभ्यास रोक्न सत्तारुढ दलभित्रैबाट माग भएको छ । नेपाल कम्यनिस्ट पार्टी नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पोखरामा भइरहेको अमेरिकी सेना र नेपाली सेनाको सैन्य अभ्यास रोक्नुपर्ने माग गरेका हुन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपाका प्रमुख सचेतक गुरुङले नेपाली सेना र अमेरिकी सेनाको संयुक्त नेतृत्वमा विभिन्न १३ देशका सेनाको अभ्यास रोक्नुपर्ने माग गरेका हुन। शुन्य समयमा बोल्दै उनले देशको सामरिक सुरक्षाको विषयमा गभ्मीर हुनुपर्ने भन्दै परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयले यो विषयमा सदनलाई जानकारी दिनुपर्ने पनि माग गरेका छन्।

पोखरामा केही दिन पहिलेदेखि १३ देशका सैनिक विपद व्यवस्थापनबारे सैन्य तालिम गरिरहेका छन्। नेपाली सेना र युएस कमाण्ड एसिया प्यासिफिकको नेतृत्वमा उक्त सैन्य अभ्यास भइरहेको हो। सैन्य अभ्यासलाई लिएर चीन लगायतका देशले विरोध गरिरहेका छन्।