१९ वैशाख, एजेन्सी।

पुटिनले अमेरिका नजिक समुन्द्रमा ‘मोल न्युक’ विछ्याएको पूर्व रुसी कर्नेल र रक्षा मन्त्रालयका प्रवक्ताले दाबी गरेका छन्।

भिक्टर बरानेट्जले युद्धको समयमा यी बमहरु डेटोनेट गर्दा उत्पन्न सुनामीले अमेरिकाका तटयी क्षेत्रमा ठूलो क्षती पुग्ने बताएका छन्।

रुसले अमेरिकालाई रक्षामा जित्न सक्दैन, त्यसैले रुसी सेना आफु अगाडी आउन हदैसम्म जान बाध्य छ, बरानेट्जले भनेका छन्।

अमेरिकालाई जिल्लाउने अर्को रुसी योजना भनेको उसको परमाणु मिसाइल हुन, जसले हावामै आफ्नो दिशा परिवर्तन गर्न सक्छ, अर्थात यसको प्रक्षेपण मार्ग पत्ता लगाउन सकिदैन।

बरानेट्जले रुसी पत्रिका कोमसोमोलस्कायालाई यस्तो सनसनी अन्तर्वाता दिएका हुन।

रुस अमेरिकालाई ‘असिमेट्रिक रेस्पोन्स’ गर्ने तयारीमा छ, कुनै एकले आक्रमण गरे दुवै देश ध्वस्त गर्ने रुसको योजना भएको बरानेट्जले खुलासा गरेका छन्।

उनले भने, ‘हाम्रो असिमेट्रिक रेस्पोन्स भनेकै हामीसंग भएको न्युक्लिअर वारहेड हुन जसले प्रहार भएपछि पनि बाटो र उचाइ परिवर्तन गर्न सक्छन् र कुनै कम्प्युटरले पनि त्यसको बाटो पत्ता लगाउन सक्दैन।’

‘अथवा, अर्को उदाहरण, अमेरिकनहरुले रुसी सिमामा ट्याङ्, विमान अनि विशेष सैन्य फोर्स तैनाथ गरिरहेका छन्।’

‘हामीले विस्तारै काम गरेका छौ। अमेरिकी समुन्द्री रेखामा ‘मोल’ परमाणु मिसाइल छोडेका छौ। जबसम्म अर्को निर्देशन दिइन्न, ती मिसाइलहरुले समुन्द्री पिँध खन्दै निष्कृय अवस्थामा बस्छन्।’

यति भन्दा भन्दै आफुले धेरै बोलेको भन्दै आफ्नो जिब्रो नियन्त्रण गर्नुपर्ने समेत उनले भने।

यता रुसी सरकारका प्रवक्ताले बरानेट्जको दाबी अनौठो भएको भन्दै अस्वीकार गरेका छन्।