१६ जेठ, एजेन्सी ।

चीनले विवादित दक्षिण चीन सागरमा बनाएको कृत्रिम टापुमा जंगी हतियार जुटाइरहेको अमेरिकाले सार्बजनिक गरेको छ । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीको हवाला दिंदै एक रिपोर्टमा यसको दाबी गरेको छ ।

अमेरिका र चीनबीच युद्ध हुन सक्ने

अमेरिकाले यस दाबीको सबुतको रुपमा एक तस्विर सार्वजनिक गरेको छ । जसमा टापुको आसपास तोपखाना देखिन्छन् । तर अधिकारीका अनुसार चीनको उक्त टापुमा मोबाइल आर्टलरी हतियार भने देखिन छाडेका छन । उनीहरु भन्छन्, यसको कि हटाए कि लुकाए ।

china sea south

अचम्मको कुरा भने यो छ कि चीनले यही हप्ता आफ्नो एयरफोर्सको नीति बदल्ने घोषणा गरेको थियो । साथै दक्षिण चीनको सागरमा कृत्रिम टापु बनाउने खुलासा समेत गरेको थियो ।

अमेरिका र चीनबीच खतरनाक साइवर युद्ध शुरु

अमेरिकी सिनेटर जोन म्याक्कनले भने, चीनले विवादित क्षेत्रमा तनाब पैदा गरिरहेको छ । उनले भने, दक्षिण चीन सागरमा यसरी तोप राखिनु तनाव बढाउने कुरा हो । चीनले अन्तराष्ट्रिय नियमको उल्लंघन गरिरहेको छ । हामी चीनको साथमा झगडा चाहदैनौं ।

china island

यस्तोमा चीनका प्रवक्ताले भने आफूलाई हतियार राखेको बारेमा थाहा नभएको बताएका छन । केही समय अगाडि देखि नै चीनको दक्षिण सागरमा अमेरिका र चीन एक आपसमा भिडेको खबरहरु आईरहेका छन । यसको पुरै भागमा चीनले दाबी गर्दै आएको छ । चिनिया एयरफोर्सले यस विवादित टापुमा घुमिरहेको अमेरिकी एयरक्राफ्टलाई त्यहाबाट हट्नको लागि भनेको थियो । यसपछि दुबै देशको बीचमा तनाव बढेको छ ।

यो पढ्नुहोस्,

के तेस्रो विश्वयुद्ध शुरु हुन लागेको हो ?

चीनसंग छन् यस्ता डरलाग्दा हतियार, जसलाई देखेर अमेरिका र भारत थरथरी काँप्छन्..