बेल्जियमको एक अदालतले संयुक्त अरब इमिरेट्सका ८ राजकुमारीहरुलाई दोषि ठहर गरेको छ ।
राजकुमारीहरुलाई मानव तस्करीको आरोपमा अदालतले दोषी ठहर गरेको हो।उनिहरुलाई काम गर्ने महिलाहरुसंग अमानविय व्यवहार गरेको पनि आरोप थियो

अदालतले उनिहरुलाई १५ महिना जेल सजायसहित प्रतिव्यक्ति एक लाख ८५ हजार डलरको जरिवाना पनि लगाएको छ।

उनिहरुलाई निजि काम गराउन राखिएका २० महिलाहरुलाई दास जस्तै व्यवहार गरेको आरोप थियो।उनिहरु काम गर्ने महिलासहित बेल्जियमको ब्रसेल्स गएका थिए। होटेलबाट एक काम गर्ने महिला भाग्न सफल भएपछी घटना सतहमा आएको थियो।

ती महिलाले आफुलाई २४ सै घण्टा काममा लगाएको र एक दिन छुट्टी पनि नदिएको बताइएकी थिइन्। उनले आफूलाई होटेल बाहिर जान नदिएको र राजकुमारीहरुले खाएर बसेको खाने कुरा मात्र खाएर बस्न बाध्य बनाएको बताएकी थिइन्। यो विषयमा निष्कर्षमा पुग्न अदालतलाई ९ वर्ष लाग्यो। घट्ना सन २००८ मा घटेको थियो।

यो विषयमा लगातार खबरदारी गरि रहेको बेल्जियम मानवअधिकारबादी सस्था मारियाले अदालतको फेसलालाई मानव तस्करी विुरुद्धको महत्वपुर्ण कदम मानेको छ।

अदालतले उनिहरुलाई अमानविय व्यवहारको गम्भिर आरोपबाट भने छुटकारा दिएको छ ।