२७ पुस, एजेन्सी।
आन्तरिक मामिलामा इरानले हस्तक्षेप गर्न खोजेको भन्दै अरब राष्ट्रहरुले इरानको चर्को आलोचना गरेका छन् । इजिप्टको कायरोमा बसेको अरब राष्ट्रका विदेशमन्त्रीहरुको संयुक्त बैठकले साउदीको कुटनीतिक नियोगमाथि भएको आक्रमणको निन्दा गर्दै यस्ता क्रियाकलाप तत्काल रोक्न इरानलाई चेतावनी दिएको छ ।

Arab League foreign ministers in Cairo

साउदीमा सिया मुस्लिमका धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएपछि सुन्नी मुस्लिम राज्य साउदी अरब र सिया मुस्लिम सरकार रहेको इरानबीच तीक्तता बढेको छ । सिया धर्मगुरुलाई दिएको फाँसीको बिरोधमा तेहरानस्थित साउदी दुतावासमा तोडफोड तथा आगजनी भएपछि सम्बन्ध थप जटिल बनेको हो ।

इरान र अरब मुलुकहरुबीच तनाव बढ्दै गएपछि समस्या समाधानका लागि बसेको भनिएको बैठकले साउदी दुतावासको सुरक्षा गर्न इरान सरकार असफल भएको निष्कर्ष समेत निकालेको छ ।

घटनापछि अरब राष्ट्रहरुले इरानस्थित आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाएका छन् भने केही मुलुकले इरानसंगको कुटनीतिक सम्बन्ध समाप्त भएको घोषणा समेत गरेका छन् ।

यो पनि पढ्नुस्।

वर्तमान सरकार उल्लूहरुको झुण्ड हो: अध्यक्ष महतो

आज पृथ्वी जयन्ती जनस्तरमा मनाइदैँ

नयाँ दिल्लीको मुटुमा एकै परिवारका तीन सदस्यको हत्या

पोर्चुगल राष्ट्रपतिमा दश जनाका प्रतिस्पर्धा हुने