६ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरमा अर्को‘टिचिङ हस्पिटल’ बनाउने भएको छ । नयाँ अस्पतालको काम सुरु गर्ने लगायतका कामका लागि त्रिविले अर्थमन्त्रालयसँग २५ करोड मागेको छ ।

त्रिविका उपकुलपति प्रा डा हीराबहादुर महर्जनका अनुसार कीर्तिपुरको त्रिवि हाताभित्रै रहने नयाँ टिचिङ हस्पिटल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तरगत रहनेछ ।

त्रिविले अहिले महाराजगन्जमा शिक्षण अस्पताल सञ्चालन गरिरहेको छ ।