३ साउन सिड्नी। अष्ट्रेलियाको सिड्नीमा नेपालीहरुले नयाँ कलेजको स्थापना गरेका छन्। सिड्नी मेट्रो कलेजका नाम खोलिएको कलेजलाई शनिवार एक कार्यक्रमका बीच उदघाटन गरियो।

अष्ट्रेलियामा शैक्षिक र व्यवसायीकरुपमा सफल मानिएका ५ नेपालीको पहलमा खुलेको कलेजलाई नेपालबाट गएका अभिभावकहरुले उदघाटन गरेका थिए।

सम्वन्धित क्षेत्रबाट पुर्णरुपमा सञ्चानलनको अनुमति पाइसकेको कलेजले केही हप्तामै कक्षा सञ्चालन गर्नेछ।

sydney metro college-smcसिड्नीको केन्द्रमै पर्ने म्युजियम नजिक रहेको कलेज  विद्यार्थीलाई समेत  पायक पर्ने ठाउँमा रहेको छ।