२२ बैशाख, काठमाडौं ।

अस्ट्रेलिया सरकारले नेपालको भूकम्प पीडितका लागि करिब रु एक अर्ब(दश मिलियन अमेरिकी डलर) सहयोग प्याकेज घोषणा गरेको छ ।

सो सहयोग अति आवश्यक भएका प्रभावित जनतालाई खाद्य सुरक्षा, स्वास्थ्य, आश्रय, पानी र सरसफाइमा प्रयोग हुनेछ । सो सहयोग गोरखा जिल्लास्थित दूतावासको साझेदार संस्था केयर नेपालमार्फत खर्च हुनेछ ।

australia map with flag

नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन ह्वाइटले आज जारी गरेको विज्ञप्तिमा नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई कायम राख्दै यहाँको संकटको समयमा राहत तथा पुनःस्थापनाका काममा सहयोग गर्न सो सहयोग दिने जनाइएको छ ।

सो मुलुकका विदेश मामिला मन्त्री जुली बिसपले सो सहयोग घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ । रासस