३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शैय्याबाटै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव समर्थन गरेका छन् ।

शुक्रबार त्रिभुवन शिक्षण अस्पतालको शैय्याबाटै उनले भारतीय प्रधानमन्त्री मोदीले राखेको कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न गरेको आह्वानको बारेमा प्रतिवद्धता जनाएका हुन् ।

शुक्रबार ट्वीटरमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गर्दै उनले दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताए ।

modi is coming to nepal again
भारतीय प्रधानमन्त्री मोदीसंग प्रधानमन्त्री केपी ओली । फाइल तस्विर

मोदीले आफ्ना नागरिकलाई कोरोना भाइरसबाट जोगाउने विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने पनि बताएका थिए ।मोदीले सार्क राष्ट्र सँगै कोरोना भाइरसविरुद्ध लडेर विश्वलाई नै उदाहरण देखाउन सक्ने पनि बताएका थिए ।

सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् । हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । मोदीको प्रस्तावमा माल्दिभ्स, श्रील‌ंकाले पनि समर्थन जनाएका छन् ।