कुशल श्रेष्ठ

आज चैत्र मास शुक्ल पक्षको नवमी, यानिकी भगवान श्रीरामको जन्मदिन! श्रीरामको जन्म यसै तिथीको मध्यदिनमा भएको मानिन्छ, त्यसैले यस तिथीको मध्यान्हमा हिन्दु धर्मावलम्बीहरू श्रीरामको मन्दिर गई धुप, द्विप र नैवेद्य चढाई श्रीरामको पूजा गर्छन्।

हिन्दु धर्मको महान ग्रन्थ ‘रामायण’को अनुसार, त्रेता युगमा अयोध्याका राजा दशरथको राज्यमा भगवान विष्णुले राम अवतार लिएका थिए। भगवान श्रीरामको जन्म रघूवंश (रघू- सूर्य) मा भएको थियो। रघूवंशका सबै राजाहरूको राजधानी अयोध्या नै बन्दै आएको थियो। स्वयं भगवान श्रीरामले पनि कैयौँ वर्षसम्म अयोध्यामा नै राज गरेका थिए। त्यसैले आज पनि अयोध्या प्रसिद्ध र पौराणिक शहरमा गनिन्छ।Present Condition of Ayodhya (1)

भारत इतिहासको अनुसार, अयोध्यामा मुगल बादशाह ‘बाबर’ले आक्रमण गरेर त्यहाँको प्राचीन राम मन्दिरलाई भत्काएर मस्जिद बनाएका थिए। त्यसपश्चात अयोध्याको दृश्य पूर्णरूपमा परिवर्तन हुन पुग्यो।

आज राम नवमीको अवसरमा हामी तपाईँहरूलाई भगवान श्रीरामको जन्मथलो अयोध्याको वर्तमान स्थितीको बारेमा केहि जानकारी दिन गैरहेका छौँ।

केहि वर्ष पहिला बनाइएको थियो आजको ‘कनक भवन’

Present Condition of Ayodhya (7)अहिले अयोध्या दरबारमा ‘कनक भवन’ अवस्थित छ, जुन केहि वर्ष अगाडि मात्रै ओरछाका राजाले निर्माण गरेका थिए। लगभग ४ हजार वर्ष अगाडि पनि त्यहाँ यहि नामको एक मन्दिर रहेको विश्वास गरिन्छ। कनक भवनलाई ‘रामको अन्तपूर’ र ‘सीता महल’ भनेर पनि चिनिन्छ। सो मन्दिरमा राम-सीताको सङ्गमको मूर्ती स्थापित गरिएको छ। त्यहाँको ठूलो मूर्तीको अगाडि राम-सीताकै सानो मूर्ती पनि राखिएको छ, जुन हजारौँ वर्ष पुरानो भएको मानिन्छ। भवनको दोस्रो तल्लामा भगवान रामको कक्ष छ। त्यहिँ एक कक्षमा स्नानगृह छ भने अर्कोमा श्रृङ्गारगृह रहेको छ।

जन्मभूमीमा बनाइएको छ सानो राम मन्दिर

Present Condition of Ayodhya (6)कनक भवन कै अगाडिपट्टी श्रीरामको जन्मभूमी रहेको छ। इतिहासकारहरूका मान्यताअनुसार, त्यहाँ पहिले भगवान रामको एक प्राचीन मन्दिर थियो, जुन मुगलका बादशाह ‘बाबर’ले सन् १५२६ मा अयोध्या आक्रमणपछि भत्काएर मस्जिद बनाएका थिए। वर्तमान समयमा भगवान रामको मूर्ती एक अस्थायी मन्दिरमा स्थापना गरिएको छ।

रामभक्त हनुमानको मूर्तीPresent Condition of Ayodhya (4)

कनक भवन नजिकै अवस्थित ‘सरयू नदी’को तटबाट लगभग एक मील टाढा शहरको बीचमा ‘हनुमान गढी’ नामको एउटा सानो डाँडा रहेको छ, जहाँ हनुमानको मन्दिर बनाइएको छ। त्यस मन्दिरमा रामभक्त हनुमानको सुतिरहेको मूर्ती स्थापना गरिएको छ।Present Condition of Ayodhya (2)

तुलसी चउर

अयोध्याकै परिसरमा ‘तुलसी चउर’ नामको एक स्थल छ, जहाँ ‘गोस्वामी तुलसीदास’ले श्रीरामचरितमानसको रचना गरेको विश्वास गरिन्छ। त्यहाँ तुलसीदासकै एक आकर्षक प्रतिमा पनि बनाइएको छ। अहिले त्यस ठाउँमा पार्क बनाइएको छ।Present Condition of Ayodhya (3)

लक्ष्मण घाट

श्रीरामका भाई लक्ष्मण जहाँबाट निजधाम गएका थिए, त्यस ठाउँलाई लक्ष्मण घाटको नामबाट चिनिन्छ। त्यस घाटमा लक्ष्मणको एक सुन्दर मन्दिर छ, जहाँ उनको भव्य मूर्ती स्थापना गरिएको छ।Present Condition of Ayodhya (9)

तस्विर स्रोत– दैनिकभास्कर

यो पनि हेर्नुहोस्-
आज राम नवमी, मर्यादा पुरुषोत्तम रामको पुजा र आराधना गरी देशभर मनाइँदै
रावणले गरेका थिए एक भूल, नत्र श्रीरामले नि मार्न सक्थेनन् उनलाई
अङ्ग्रेजीमा बन्ने भो रामायणको कथा
कथै बदलिदिने रामायण र महाभारतका १४ श्राप