यो कुरामा कुनै शंका छैन कि राम्रो व्यवहारले अरुलाई खुसी राख्छ। अरु खुसी छन् भने तपाइ पनि खुसी हुन सक्नुहुन्छ।

अमेरिकाको युनिभर्सिटीमा भर्खरै गरिएको रिसर्च अनुसार यो पत्ता लागेको छ की, जो मानिस अर्थपुर्ण काममा लागेका छन् ती बढि खुसीछन्। तर जो रमाइलो र मनोरञ्जनको खोजीमा जीवन बिताउदै छन् उनीहरुको खुसी कम छ। यदि तपाइको कामले अरुको भलो गर्छ भने तपाइको खुसी पनि बढ्नेछ। अब आफु खुसी हुनु भन्दा अगाडी अरुलाई खुसी बनाएर हेर्नुहोस्, तपाइ आफै मुस्कुराउनुहुनेछ। तर अरुलाइ खुसी कसरी राख्ने?

अरुलाइ ध्यान दिनुहोस्

अरुको कुरा राम्रो संग सुन्ने धैर्यता हामीमा हुन जरुरी हुन्छ। धेरै जसो हामी अरुको कुरा राम्रो संग सुन्छौ भन्ने सोच्छौ। तर व्यवहारमा अरु बोलेlistening-effectivelyसंगै कहिले आफ्नो पालो आउला अनि बोलौला भन्ने सुरमा हुन्छौं। तर अरुको खुसीको लागि सबैभन्दा सजिलो अनि सबैभन्दा प्रभावकारी उपाय भनेको अरुको कुरा धैर्यतापुर्वक सुन्ने हो।

कसैलाइ तपाइले ध्यान दिनाले उप्रति तपाइको सम्मान झल्कन्छ। यसले तपाइलाइ त्यो मानिसंगको सम्बन्ध राम्रो बनाउन मद्धत गर्छ। साथै अरुको कुरा सुन्नाले तपाइलाइ पनि फाइदा पुग्छ।ध्यानपुर्वक अरुको कुरा सुन्नाले नयाँकुरा सिकिनुको साथै दिमागको ध्यान गर्न सक्ने खुबी पनि बढ्छ।


दया, करुणा अनि समभाव

मनोवैज्ञानिक परिभाषा अनुसार दया अनि करुणा भनेको अर्को व्यक्तिको भावनात्मक अवस्थालाइ बुझ्ने भन्ने बुझिन्छ। अरुलाइ परेको दुख सुख बुझ्ने हुनुहोस्। याद गर्ने गर्नुहोस् अर्को व्यक्ति कस्तो स्थितिबाट गुज्रिरहेको छ।Young girl in sorrow with a friend consoling her सगै बसेर कुरा सुन्ने अनि आफ्नो अनुभव साट्ने गर्नुपर्छ।

समभावको अर्थ समान दृष्टि वा सदभाव भन्ने बुझिन्छ। व्यवहारमा उतार्दा, अरुको ठाँउमा उभिएर सोच्ने बुझिन्छ समभाव भन्नाले। समभावले अरुले कस्तो अनुभुति गरिरहेका छन् भन्ने कुरामा तपाइलाइ त्यो व्यक्तिकै अवस्थामा बसेर सोच्न लगाउछ।

एउटा अध्ययन अनुसार दिमागमा हुने ‘खुशीका केन्द्र’ मा हुने गतिविधिहरु तपाइले कसैलाइ पैसा दिएर मद्दत गर्नुभयो भने पनि या कसैले तपाइलाइ पैसा दिएर मद्धत गरेता पनि बराबर हुने गर्छ।


समय

जीवन जतिनै व्यस्त किन नहोस, यदि तपाइका सहयोगी अनि नजिकका मानिसलाइ समय दिनसक्नु भएन भने जीवनको के सार्थकता?Time and eye कसको लागि अनि के को लागि यस्तो व्यस्त तपाइ? केहि समय छुट्याउनुहोस् तपाइले खुसी देख्न चाहनेहरुको लागि। मानिसलाइ त्यसै सामाजिक प्राणी भनिएको हैन, अरु संग समय बिताउनु मानव हुनुको पहिचान पनि हो।

अझ नयाँ साथी बनाउनको साथै समाजिक कार्यको लागि समय छुट्याउन सक्नुहुन्छ भने तपाइले धेरैलाइ खुसी बनाउन सक्नुहुन्छ। अनि यो नबिर्सनुहोस् कि अरु खुसी हुँदा तपाइलाइ पनि खुसी मिल्छ। याद गर्नुभएको छ, नयाँ साथी बनाएर फर्कदै गर्दा कति खुसी महसुस गरिन्छ।


पैसा

आफ्नो खुसीको लागि पैसा खर्च गर्ने भन्दा अरुको खुसीको पैसा खर्च गर्ने मानिसहरु बढी खुसी हुन्छन्। अरुको लागि उपहार अनि सहयोग जुटाउदा तपाइ लगाएत उपहार ग्रहण गर्ने पनि खुसी हुन्छन्।money grow

अरुको लागि किन मेहेनत गरेर कमाएको पैसा खर्च गर्ने भन्नुहुन्छ भने तपाइले मानवता गुमाउनु भयो भन्ने बुझ्नुहोस्। पैसा जम्मा गरेर राख्न हैन सुख र खुसी हुनको लागि खर्च गर्ने चिज हो। पैसा नै सर्वश्रेष्ठ ठान्नु ठुलो भुल हुन्छ। तर तपाइ आफैले यो कुरा बुझ्न जरुरी हुन्छ। हैन भने मेरो पैसा अरुको लागि किन भन्ने प्रश्न उठ्छ। यो प्रश्नको उत्तर तपाइ आफैले समाधान गर्नु पर्छ।