१५ पुस, काठमाडौं । आगामी आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने भएको छ ।

८० हजार मेघावाट विद्युत निकाल्ने बंगलादेशका सूचनामन्त्रीको प्रस्ताव

नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावाट समेत गरी १२० मेगावाट विद्युत् ढल्केबर– मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट आयात गर्ने भएको हो ।

131106064637_electricity_poll_624x351_pa

आज साँझ ऊर्जामन्त्री जनार्दन शर्मा तथा भारतीय ऊर्जा राज्यमन्त्री पियूष गोयलबीच भएको टेलिफोन वार्तामार्फत विद्युत् आयात गर्ने कुरा तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

भारतबाट आश्वासनः तीन महिनामै ६ सय मेघावाट विजुली

यस्तै आगामी माघ १७ गतेदेखि सोही प्रसारण लाइनबाट थप ४० मेगावाट विद्युत् समेत आयात गरिनेछ । टेलिफोन वार्तामा टनकपुर विन्दुबाट समेत थप १५ मेगावाट आयात गरिने र प्रसारण लाइन मर्मतसम्भारका लागि इआरएस टावर भारतबाट खरिद गरिने सहमति भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

ढुक्क हुनुस्, अब लोडसेडिङ तालिका आउँदैनः कुलमान

सहमतिअनुरुपको विद्युत् आयातपछि नेपालले भारतबाट आयात गर्ने विद्युत्को परिमाण करिब तीन सय ८० मेगावाट पुग्नेछ ।

आजदेखि मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै