काठमाडौं, ३ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज मंगलबार किँग्स इलाभेन पञ्जाव र राजस्थन रोयल्स भिड्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे चण्डीगढमा हुनेछ । जारी सिजनको पहिलो भेटमा पञ्जावले राजस्थानलाई १४ रनले पराजित गरेको थियो । पछिल्ला पाँच खेलमा भने दुवै टिमले दुई/दुई खेल जित्दा एक खेल बराबरी भएको थियो ।

आठ खेलमा चार खेल जितेको पञ्जाव तालिकाको पाँचौं स्थानमा छ भने ७ मध्ये २ खेल जितेको राजस्थान ४ अंकसहित पुच्छारबाट दोस्रो स्थानमा छ ।