२१ भदौ।

आइसल्याण्ड पहिलो पटक युरोकप फुटबल प्रतियोगितामा छनौट भएको छ । आइसल्याण्डले अन्तराष्ट्रिय फुटबलका कुनै पनि मुख्य प्रतियोगिता खेल्न लागेको यो पहिलोपटक हो ।

आइतबार राती भएको खेलमा काजकस्तानसँग गोलरहित बराबरी खेलेपछि आइसल्याण्ड समूह एबाट युरोकपमा छानिने पक्का भएको हो । यो समूहका दुईदुई खेल बाँकी छँदा आईसल्याण्ड र चेक गणतन्त्रको समान १९ अंक रहेको छ । यी दुबै टोली युरोकपमा सोझै छानिएका छन् । समुहमा तेस्रो हुने टोलीले प्ले अफ खेल्न पाउनेछ ।

iceland in first time euro cup

समूहमा १२ अंकसहित टर्की तेस्रो स्थानमा छ भने १० अंक मात्रै जोडेको नेदरल्याण्ड्स चौथो स्थानमा छ । आइतबार राती भएको खेलमा टर्कीले नेदरल्याण्ड्सलाई ३–० ले हरायो । यसैगरी चेक गणतन्त्रले लात्भियालाई २–१ ले पराजित गर्यो । उता समूह एच अन्तर्गत आइतबार राती भएका खेलहरुमा इटली र नर्वे विजयी भएका छन् ।

इटलीले बुल्गेरियालाई १–० ले हराँउदा नर्वेले क्रोएसियालाई २–० ले हरायो । समूह एचमा शिर्ष स्थानको इटलीको १८ अंक छ भने १६ अंकका साथ नर्वे दोस्रो स्थानमा छ । युरोकप छनौट फुटबल अन्तर्गत नै आइतबार राती भएको अर्को खेलमा वेल्सलाई इजरेलले गोलरहित बराबरीमा रोकेको छ । बेल्जियमले साइप्रसलाई १–० ले हराँउदा बोस्नियाले एण्डोरालाई भने ३–० ले पराजित गर्यो ।।