चर्चित स्मार्ट फोन आईफोनको निर्माता एप्पलको नयाँ कार्यालय बन्दैछ।क्यालिफोर्नियाको कुपरटिनोमा बन्दै गरेको भव्य र अन्तरिक्षयान जस्तो देखिने एप्पलको नयाँ बिल्डिङ यतिखेर चर्चाको विषय बनेको छ।

बनिसकेपछि यस्तो देखिने छ एप्पलको नयाँ कार्यालय

बनिसकेपछि यस्तो देखिने छ एप्पलको नयाँ कार्यालय

गोलो सेल जस्तो आकारमा बनाइएको एप्पलको नयाँ कार्यलयमा एकसाथ १३ हजार मानिसले काम गर्न सक्नेछन् । संसारकै सबै भन्दा महंगो कम्पनीका रुपमा परिचित एप्पलको कार्यालय पुर्ण रुपमा बनिसक्न अझै एक वर्ष लाग्ने बताइएको छ।

४ तला रहेको यो बिल्डिङमा प्राकृतिक वातावरणलाई हानी नहुने गरेको बनाइएको छ। गाडी पार्क गर्ने ठाउँहरु अण्डरग्राउण्ड बनाइएको छ भने कार्यालय परिसरमा ६ हजार त रुख नै छन्।

धेरै जसो समयमा एअरकण्डिसन समेत नचाहिने गरेर तयार पारिएको यो बिल्डिङमा हावा आउ जाउ गर्ने गरि कोठाहरु तयार पारिएको छ। हेरौ एप्पलको बन्दै गरेको कार्यालयको एक झलक तस्विरमा,

apple new building (2)

apple new building (3)