२४ पुस, एजेन्सी । ईरानले इराकस्थिति अमेरकी हवाइ अड्डाका आक्रमणपछि अमेरकी राष्ट्रपति ट्रम्पले राष्ट्रको नाममा सम्वोधन गरे । ९ मिनेटको सम्वोधनमा ट्रम्पले ईरानका बारेमा कयौं धारण राखे। के बोले ट्रम्पले ?

उनले सम्वोधनमा पुर्व अमेरकी राष्ट्रपति बाराक ओबामालाई समेत छोेडेनन् । ट्रम्पले भने, ‘गएराति अमेरिका तथा हाम्रो गठबन्धनमाथि मिसाइल आक्रमण भयो जसले मुल्य अघिल्लो प्रशासनद्धारा उपलब्ध गराइएको पैसाबाट तिरिएको थियो ।अघिल्लो अमेरकी प्रशासन चलाएका थिए बाराक ओबामाले ।

बाराक ओबामा राष्ट्रपति हुँदा ईरानसंग न्युक्लियर डिल भएको थियो । न्युक्लियर डिलपछि ईरानले सन १९७९ को ईरानी क्रान्तिपछि अमेरकी ब्याङकहरुले फ्रिज गरेको करौंडो डलरमा पहुँच पाएको थियो ।

त्यही रकमका इरानी मिसाइल कार्यक्रममा प्रयोग भएको भन्ने प्रमाण भने छैन् किन भने इरानी मिसाइल कार्यक्रम धेरै पहिले देखि चल्दै आएको हो । तर ट्रम्पको जोड कहाँ छ भने ईरानलाई उक्त डिलले राजनैतिक र आर्थिकरुपमा आक्रामक बन्न पर्याप्त ठाउँ दियो ।

ट्रम्पले हेल्थ केयर, वातावरण, इमिग्रेसन र इरान न्युक्लियर डिलका विषयमा अघिल्ला राष्ट्रपति बाराका ओबामाको कडा आलोचना गर्दै आएका छन् । आउँदो नोभेम्वबरमा दोस्रो पटक राष्ट्रपति हुने चाहना राखेका ट्रम्पले यो सम्वोधनमा डेमोक्रयाट राष्ट्रपति ओबामालाई तान्नु आश्चर्यको विषय भने होइन् ।

तर उनले ओबामाले गरेको ईरान न्युक्लियर डिले गरेकोले ईरानले आक्रामक हुने मौका पाएको र त्यसको परिणाम ईराकी हवाई अड्डामा मिसाइल आक्रमण भएको सन्देश दिन भने प्रयास गरे ।